
काठमाडौँ । आजदेखि सरकारी कार्यालय खुल्ने समय परिवर्तन भएको छ। अब कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। यसअघि भने कार्यालय बिहान १० बजेदेखि खुल्थ्यो, तर मन्त्रिपरिषद्को नयाँ निर्णयपछि समय एक घण्टा अगाडि सारिएको हो।
सरकारले इन्धन बचत गर्ने उद्देश्यले शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था पनि लागू गरेको छ। यससँगै काम गर्ने समयलाई व्यवस्थित बनाउन कार्यालय समय परिवर्तन गरिएको हो। यो निर्णय मन्त्रिपरिषद्को बैठकबाट पारित भएको हो र हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ। त्यसैले आजदेखि देशभरका सबै सरकारी कार्यालयमा नयाँ समय लागू भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे