
काठमाडौं, जेष्ठ २०। घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
अमेरिकालाई जिताउनका लागि आरोन जोन्सले नटआउट ९४ रनको पारि खेले । लक्ष्य पछ्याउने क्रममा सुरुआत भने राम्रो रहेन । २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो ।
क्यानडाका लिवालले सर्वाधिक ६१ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । जोन्सन २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन जोडे । दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट भए । श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे