
काठमाडौँ । आफ्नै चार महिनाको छोराको हत्या गरेको आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक ९असई० पुष्कर कार्कीलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो सिनामंगलस्थित भाडाको कोठामा कार्कीले सुतेकै अवस्थामा छोराको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। जन्मजात ब्रेन ट्युमर भएको शिशुको हत्या भएपछि उनले आफ्नी श्रीमतीलाई समेत कुटपिट गरेका थिए। त्यसपछि घटनापछि भाग्दै गर्दा कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको हो।
कार्की र उनकी श्रीमती दुवै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी हुन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र कार्कीलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे