
वासिङ्टन डिसी, अमेरिका( एजेन्सी) । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९ औँ साधारण सभाले डा. विष्णु सापकोटालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। वासिङ्टन डिसीमा सम्पन्न साधारण सभाले डा. सापकोटाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नव-निर्वाचित कार्यसमितिमा डा. नारायण न्यौपाने उपाध्यक्ष, डा. नविन कैनी सचिव, डा. कल्पना श्रेष्ठ कोषाध्यक्ष तथा डा. सुसिल सुवेदी सहकोषाध्यक्षको रूपमा चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा डा. विकास भट्टराई, डा. विनोद ढुंगाना, डा. विवेक वाग्ले, डा. विनोद खड्का, डा. डिल्ली भुर्तेल, डा. गणेश चौधरी, डा. जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा. राजु सेन्चुरी, डा. लक्ष्मण तिवारी, डा. विरेन्द्र शाह, डा. सन्तोष सापकोटा, डा. सरोज कँडेल, डा. श्याम पौडेल, डा. निता थापा, डा. समिर गौतम, डा. अनन्ता सुवेदी, डा. भुपेष खड्का र डा. मार्भिन ब्रुस्टिन चयन हुनुभएको छ।
संस्थाले सन् १९९७ देखि नेपालका लागि शिक्षा, तालिम, अनुसन्धान र स्वास्थ्य पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ। चिकित्सा सेवामा सुधार तथा क्षमता अभिवृद्धिका विविध कार्यक्रम सञ्चालन गर्दै आएको एएनएमएफले नेपालका स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै चिकित्सकीय पहुँच र गुणस्तरमा सुधार ल्याउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
सन् १९९७ मा उत्तर अमेरिकामा रहेका नेपाली चिकित्सकहरू तथा नेपालमैत्री समाजसेवीहरूको पहलमा स्थापना भएको फाउन्डेसन न्यूयोर्कमा दर्ता गरिएको हो। संस्थाको नेपाल शाखा ‘अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान (एएनएमएफ नेपाल)’ सन् २००० मा स्थापना गरिएको थियो।
फाउन्डेसनको साधारण सभा भोलिसम्म जारी रहने आयोजक समितिले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे