
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनलाई असहज महसुस भएपछि गएराति उपचारका लागि नेपाल–कोरिया मैत्री अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा आज बिहान उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
मोहनप्रसाद ओली हाल भक्तपुरको गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा झापास्थित उनको घरमा आगजनी भएको थियो। त्यसयता उनी झापा गएका थिएनन्। यसअघि भने उनी झापास्थित घरमा आवतजावत गर्दै आएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे