• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

६ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

७ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

९ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

९ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

१0 घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१0 घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

११ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

१२ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

१२ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

१२ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

१२ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ २२, बिहिबार (४ महिना अघि)

नेपाल टेलिकमले मनायो २२औँ वार्षिकोत्सव

  • 4,264 Views
  • काठमाडौँ। नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सव आज (२०८२ माघ २२) देशभर विविध कार्यक्रमसहित मनाएको छ। कम्पनीको केन्द्रीय कार्यालयसहित सबै प्रादेशिक निर्देशनालय तथा कार्यालयहरूमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

    केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतको अध्यक्षता रहेको थियो भने गृह मन्त्री ओम प्रकाश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। समारोहमा बोल्दै गृह मन्त्री अर्यालले डिजिटल डिभाइड न्यूनीकरण तथा ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तारमा नेपाल टेलिकमले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। सुशासनमार्फत नागरिक र सरकारबीचको सम्बन्ध सुदृढ बनाउन कम्पनीका सेवा र पूर्वाधारको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो। सरकारले लिएका नीति तथा कार्यक्रमलाई आत्मसात गर्दै नेपाल टेलिकमले सरकारसँग सहकार्य गर्ने र कम्पनीको सुदृढीकरणमा सरकारको अभिभावकत्व निरन्तर रहने उहाँले स्पष्ट पार्नुभयो।

    अध्यक्ष बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहमा नेपाल टेलिकमले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले देशको प्रमुख सेवा प्रदायकको रूपमा नेपाल टेलिकमले टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता डिजिटल सेवाको विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। विशेष गरी दुर्गम क्षेत्रसम्म डिजिटल सेवा पुर्‍याउन आवश्यक पूर्वाधार निर्माण गर्न जरुरी रहेको र यसले जनजीवनमा सकारात्मक परिवर्तन ल्याउँदै राष्ट्रिय डिजिटाइजेसन अभियानलाई गति दिने उहाँको भनाइ थियो।

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले नेटवर्क विस्तारमार्फत बजार अझै फराकिलो बनाउन सक्ने सम्भावना रहेको बताउनुभयो। सोहीअनुसार आम्दानी वृद्धि गर्न सकिने भएकाले रणनीतिक रूपमा अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो। प्राधिकरणमार्फत सञ्चालन भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

    सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धाको नाममा नेपाल टेलिकमजस्ता संस्थाले लाइसेन्स प्राप्ति तथा नवीकरणमा अत्यधिक शुल्क तिर्नु परेको उल्लेख गर्दै आगामी दिनमा यस विषयमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र व्यवस्थापनबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

    कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार फोरजी एलटीई सेवा विस्तार सफलतापूर्वक सम्पन्न भई सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा सेवा विस्तार भइसकेको छ। फाइभजी सेवा सुरु गर्ने सम्बन्धमा आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई हाल रिभ्यु चरणमा रहेको जानकारी उहाँले दिनुभयो। ‘राष्ट्रको सञ्चार’को भूमिकामा रहँदै नेपाल टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रमा समेत निरन्तर सेवा प्रदान गर्दै आएको उहाँको भनाइ थियो।

    २२औँ वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ। माघ २२ देखि माघ २८ सम्म विभिन्न डाटा, भ्वाइस र एसएमएस समेटिएका विशेष प्याकेजहरू उपलब्ध गराइनेछ। साथै, दूरसञ्चार कार्यालयमा रु. ९० मा बिक्री हुँदै आएको सिमकार्ड रु. २२ मै उपलब्ध गराइने व्यवस्था गरिएको छ। एफटीटीएच सेवाअन्तर्गत नयाँ जडानमा माघ २२ देखि फागुन २२ सम्म जडान शुल्क मिनाहा गरिएको छ भने विद्यार्थी अफरको अवधि २२ फागुन २०८२ सम्म थप गरिएको छ।

    कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट रिचार्ज कार्ड बिक्रेता, एमपोस बिक्रेता, लिज लाइनका ठूला ग्राहक तथा एफटीटीएच र मोबाइल सेवामा उत्कृष्ट कार्यालयलाई सम्मान गरिएको थियो। साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    ६ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    ७ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ९ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ९ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    १0 घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    १0 घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ११ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    १२ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    १२ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution