२०८० आश्विन १४, आईतबार
गभर्नर महाप्रसाद अधिकारी सन् २०२१ नोभेम्बर १६ देखि लागू हुनेगरी सार्क फाइनान्स को अध्यक्षमा चयन हुनुभएको छ ।
२०७८ कात्तिक २९ गते (सन् २०२१नोभेम्बर १५) मा सम्पन्न द्धद्दलम 42nd सार्क फाइनान्स गभर्नस गु्रप मिटिङ्ग ले आगामी एक वर्षका निम्ति गभर्नर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।माल्दीभ्स मनिटरी अथोरिटीद्वाराआयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्व बैंक, माल्दीभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता थियो ।
बैठकमा सार्क फाइनान्सकाको अध्यक्षरहनुभएका माल्दीभ्स मनिटरी अथोरिटी, गभर्नर अली हसिमले स्वागत मन्तव्य राख्नुभएको थियो ।बैठकमा सार्क फाइनान्स गभर्नस बीच आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, शोधानान्तर स्थिति, कुल विदेशी विनियम सञ्चिति, मुद्रास्फीति, कर्जा प्रवाह,तरलता व्यवस्थापन, विद्युतीय भुक्तानी, जनशक्ति विकास, जलविद्युत्, पर्यटनलगायतका साझा चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले आ(आफ्नो मुलुकको समष्टिगत आर्थिक स्थितिबारे जानकारी
गराउनुभएको थियो ।
सो अवसरमा नेपालका तर्फबाट गभर्नर अधिकारीले नेपालको माईको् सर्भिलियन्स इन्डिकेटर (MSI) बारे संक्षिप्त जानकारी गराउनुभयो । साथै बैठकमा सार्क फाइनान्स कोल्याभोरेटिभ स्टडि का लागि नेपाल राष्ट्र बैंकले नेतृत्व गरेको “Prospects of Central Bank Digital Currency (CBDC) in SAARC Region” विषयमा हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो ।
बैठकको अन्त्यमा सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसीमलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सार्क फाइनान्स अध्यक्षका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गी मास्के, डा. प्रकाशकुमार श्रेष्ठ, निर्देशक डा. रामशरण खरेल तथा सार्क फाइनान्स संयोजक एवम्निर्देशक नारायणप्रसाद पोखे्रललगायत अधिकारीहरूको सहभागिता थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे