
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। मंगलबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
नेपालको संविधानअनुसार भएको शपथ समारोहपछि दुवै मन्त्रीले आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। उनीहरूले केहीबेरमै सम्बन्धित मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मन्त्रिपरिषद् विस्तारसँगै सरकारले गृह तथा नवप्रवर्तन क्षेत्रको नेतृत्व नयाँ मन्त्रीमार्फत अघि बढाउने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे