
काठमाडौँ । सरकारले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिने संकेत दिएको छ। मन्त्रिपरिषद्को बैठकमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको बजार विस्तार र प्रचारप्रसारबारे छलफल भएको हो।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले डीडीसीका उत्पादनको प्रयोग बढाउन, दुग्ध किसानको हित संरक्षण गर्न र संस्थानलाई आर्थिक रूपमा बलियो बनाउन सरकारको सहयोग आवश्यक रहेको बताइन्। उनले नेपाली किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
बैठकका क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न उत्पादनहरू पनि वितरण गरेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे