
काठमाडौँ । विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर सीमासम्बन्धी आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै अवरोध गरेका थिए। उनीहरूको विरोधका कारण नियमित कार्यसूची अघि बढ्न सकेन।
लगातारको अवरोधपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। बैठक कुनै पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो।
अब प्रतिनिधि सभाको अर्को बैठक २०८३ जेठ २७ गते बिहान ११ बजे बस्ने तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे