
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आर्थिक विधेयकमा करको दर परिवर्तन र प्रक्रियासम्बन्धी विषयलाई लिएर विवाद भएपछि राप्रपाले यस्तो माग गरेको हो।
राप्रपाकी प्रमुख सचेतक खुसीबु ओलीले यो विषयमा छानबिन हुनुपर्ने बताउँदै छानबिन नहुन्जेल अर्थमन्त्रीले जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा राखेकी छन्। उनका अनुसार नैतिकता र निष्पक्षताको हिसाबले मन्त्री पदमा बसिरहनु उपयुक्त हुँदैन।
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका केही पृष्ठ हटाएर फेरि नयाँ रूपमा अगाडि बढाइएको विषय पनि विवादमा परेको छ। अर्थमन्त्री वाग्लेले जेठ १५ गते आर्थिक विधेयक प्रस्तुत गरेका थिए।
यसअघि नै अन्य पार्टीहरूले पनि अर्थमन्त्रीको राजीनामा माग गरिसकेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे