
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। उनले गृह मन्त्रालय र नवप्रवर्तन मन्त्रालयका लागि दुई मन्त्री नियुक्त गर्ने सिफारिस गरेका छन्।
स्रोतका अनुसार गृह मन्त्रीका लागि सुधन गुरुङ र नवप्रवर्तन मन्त्रीका लागि महावीर पुनको नाम अघि सारिएको छ।
सुधन गुरुङलाई आजै दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ गराउने तयारी गरिएको छ। उनी यसअघि पनि छोटो समय (२७ दिन) गृह मन्त्री भइसकेका थिए। तर सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले राजीनामा दिएका थिए र त्यसबारे छानबिन पनि भएको थियो।
सरकारले त्यसपछि उनको कार्यकालसँग सम्बन्धित विषयमा अध्ययन गर्न समिति पनि बनाएको थियो। अब पुनः उनलाई गृह मन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे