
काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका केही महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले गरेका निर्णयबारे जानकारी दिएका हुन्।
बैठकले तल्लो अरुण, लोअर न्यादी खोला, धुन्सा खोला र तादी खोला जलविद्युत् आयोजनालाई आवश्यक कामका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ।
त्यसैगरी, निजामती सेवासम्बन्धी १६औँ संशोधन नियमावली, २०८३ स्वीकृत गरिएको छ। सरकारले नेपाल रेडक्रस सोसाइटीको कामलाई अगाडि बढाउन विशालकुमार भण्डारीको अध्यक्षतामा तदर्थ समिति पनि गठन गरेको छ।
यस्तै, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन पनि मन्त्रिपरिषद्ले ग्रहण गरेको छ।
सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, ऊर्जा विकास तथा विभिन्न संस्थाको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे