• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयसम्बन्धी कलेज नियमन गर्न नयाँ नियमावली आउँदै

५ मिनेट अघि
२

पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग विस्फोट, २४ जनाको मृत्यु

१९ मिनेट अघि
३

कामना सेवाविकास बैंकद्वारा नेपाल रेडक्रसलाई १० डोनर बेड हस्तान्तरण

२३ मिनेट अघि
४

चीनको कोइला खानी दुर्घटनाप्रति नेपाल सरकारद्धारा दुःख व्यक्त

३८ मिनेट अघि
५

मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा

२ घण्टा अघि
६

अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

३ घण्टा अघि
७

एमालेको सचिवालय बैठक बस्दै , ओलीले जवाफ दिने

७ घण्टा अघि
८

पोखराको फिर्के खोलामाथि बनेका संरचनामा आज १० बजेदेखि डोजर चलाइँदै

७ घण्टा अघि
९

सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

१ दिन अघि
१०

बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर

१ दिन अघि
११

गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने

२ दिन अघि
१२

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ १०, आईतबार (३ घण्टा अघि)

अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

  • 689 Views
  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वित्तीय अवस्था, सम्पत्ति व्यवस्थापन, लेखाङ्कन प्रणाली तथा ऋण व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको छ । खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको सरकारी स्वामित्वको कम्पनीमा अर्बौँ रुपैयाँ बराबरका हिसाब मिलान, कर दायित्व, जग्गा हस्तान्तरण र प्रशासनिक व्यवस्थापनसम्बन्धी समस्या यथावत् रहेको पाइएको हो ।

    प्रतिवेदनअनुसार कम्पनीको कुल सम्पत्ति २०८१ असार मसान्तसम्म ४ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १.९७ प्रतिशतले बढी हो । कम्पनीसँग २ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ बराबरको इक्विटी, ७० करोड ३५ लाख रुपैयाँ गैरचालु दायित्व र १ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ चालु दायित्व रहेको उल्लेख छ ।

    कम्पनीले २०८०/८१ मा १ अर्ब ६३ करोड ८५ लाख रुपैयाँको बिक्री गरेको भए पनि ३१ करोड ३६ लाख रुपैयाँ बराबरको कुल नोक्सानी व्यहोरेको प्रतिवेदनमा उल्लेख छ । अन्य सञ्चालन आम्दानीका कारण कम्पनी करअघिको नाफामा रहे पनि यस्तो नाफा अघिल्लो वर्षको तुलनामा ८.२७ प्रतिशतले घटेको देखिएको छ ।

    साविकको नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई गाभेर कम्पनी स्थापना गरिएको भए पनि ती संस्थाको कानुनी विघटन तथा खारेजी प्रक्रिया अझै पूरा नभएको प्रतिवेदनमा उल्लेख छ । यसका कारण कर, ब्याज र जरिबाना यकिन तथा भुक्तानी प्रक्रिया अधुरो रहेको देखिएको छ ।

    त्यस्तै, पुराना संस्थाको नाममा रहेका जग्गा नयाँ कम्पनीको नाममा हस्तान्तरण गर्ने निर्णय २०७६ सालमै भए पनि कार्यान्वयन हुन सकेको छैन । लामो समयसम्म नामसारी नहुँदा सम्पत्ति उपयोग र परिचालनमै समस्या सिर्जना भएको उल्लेख गरिएको छ ।

    कम्पनीको कर दायित्वसमेत विवादमा परेको छ । कर कार्यालयले पुराना बक्यौता समावेश गरी ४२ करोड १३ लाख रुपैयाँ कर निर्धारण गरेको भए पनि कम्पनीले त्यसको लेखाङ्कन तथा व्यवस्था नगरेको पाइएको छ । कर्मचारीलाई दिनुपर्ने उपदान, सञ्चित बिदालगायतका दायित्वसमेत नेपाल लेखामानअनुसार गणना र अभिलेखीकरण गरिएको छैन ।

    प्रतिवेदनमा प्रयोगविहीन सवारीसाधन व्यवस्थापनमा समेत लापरबाही देखिएको उल्लेख छ । थापाथलीस्थित कार्यालयमा वर्षौंदेखि प्रयोगविहीन रहेका पुराना सवारीसाधन लिलाम प्रक्रिया पूरा नगर्दा सवारी कर दायित्व थपिँदै गएको निष्कर्ष निकालिएको छ ।

    काठमाडौँको टेकुस्थित ९४९ रोपनीभन्दा बढी जग्गा नेपाल आयल निगमलाई बिक्री गर्दा रोक्का राखिएको १६ करोड २८ लाख रुपैयाँ कम्पनीले हालसम्म प्राप्त नगरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, महेन्द्रनगर बसपार्कस्थित जग्गा भाडामा दिइएकोमा ५० लाख ३३ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।

    कम्पनीको नगद तथा बैंक मौज्दातमा समेत २५ लाख ३० हजार रुपैयाँ हिसाब फरक देखिएको जनाएको छ । यो फरक रकम २०३४/३५ सालदेखि जिम्मेवारी सारिँदै आएको भए पनि हालसम्म मिलान गरिएको छैन ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र कम्पनीबीच दीर्घकालीन ऋण तथा ब्याज विवरणमा २ करोड ६८ लाख रुपैयाँ फरक देखिएको छ । साविकको नेशनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानतर्फका ऋण तथा ब्याज अभिलेख यकिन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यस्तै, कम्पनीले ३ करोड ८२ लाख रुपैयाँ बराबरको शंकास्पद असुली वर्षौंदेखि जिम्मेवारी सार्दै आएको भए पनि त्यसको विस्तृत विवरण उपलब्ध नभएको पाइएको छ । कम्पनीले भारतको कोलकाता उच्च अदालतबाट पाएको क्षतिपूर्ति रकममध्ये थप ४६ लाख रुपैयाँ लेखाङ्कन नगरेको समेत देखिएको छ ।

    कम्पनीसँग रहेका जग्गा, भवन तथा गोदामको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गर्दै सरकारी सम्पत्तिको संरक्षण र व्यावसायिक उपयोगमा सुधार गर्न सुझाव दिइएको छ । साथै, विभिन्न सरकारी कार्यक्रम सञ्चालन गर्दा कम्पनीले आफ्नै स्रोतबाट खर्च गरेको १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ अझै शोधभर्ना नपाएको तथ्य पनि प्रतिवेदनमा औँल्याइएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयसम्बन्धी कलेज नियमन गर्न नयाँ नियमावली आउँदै
    ५ मिनेट अघि

  • २

    पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग विस्फोट, २४ जनाको मृत्यु
    १९ मिनेट अघि

  • ३

    कामना सेवाविकास बैंकद्वारा नेपाल रेडक्रसलाई १० डोनर बेड हस्तान्तरण
    २३ मिनेट अघि

  • ४

    चीनको कोइला खानी दुर्घटनाप्रति नेपाल सरकारद्धारा दुःख व्यक्त
    ३८ मिनेट अघि

  • ५

    मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा
    २ घण्टा अघि

  • ६

    अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म
    ३ घण्टा अघि

  • ७

    एमालेको सचिवालय बैठक बस्दै , ओलीले जवाफ दिने
    ७ घण्टा अघि

  • ८

    पोखराको फिर्के खोलामाथि बनेका संरचनामा आज १० बजेदेखि डोजर चलाइँदै
    ७ घण्टा अघि

  • ९

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन
    १ दिन अघि

  • १०

    बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उड्डयन, सुरक्षा र शैक्षिक जगतमा अनुभवी – डा. दिपक प्रसाद बस्तोला नेपाल वायुसेवा निगमको संचालक

    नेपाल नक्सा
    २

    ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

    नेपाल नक्सा
    ३

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा गंगालालमा निःशुल्क भोजन वितरण

    नेपाल नक्सा
    ५

    मेसिन आयो, सञ्चालन भएन: राष्ट्र बैङ्कको खरिद प्रक्रियामाथि प्रश्न

    नेपाल नक्सा
    ६

    अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution