
काठमाडौँ , २७ चैत । आज पनि काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वकै पहिलो स्थानमा रहेको छ। ‘एयर क्वालिटी इन्डेक्स’को बुधबार बिहानको मापनअनुसार काठमाडौँको वायु प्रदूषणमा १८४ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) भएको छ, जुन अस्वस्थकर मानिन्छ। यससँगै, भारतको दिल्ली १८० एक्यूआईसँग दोस्रो स्थानमा र युगान्डाको कम्पला १५७ एक्यूआईसँग तेस्रो स्थानमा रहेको छ।
विगतका केही दिनहरूमा काठमाडौँको वायु प्रदूषण भने केही कम भएपनि, अझै पनि यो विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा रहेको छ। पानी नपरेको र आसपासका जंगलहरूमा लागेको डढेलोको धुँवाले काठमाडौँको वायु प्रदूषण उच्च बनाएको छ।
स्वास्थ्य मंत्रालयले वायु प्रदूषणको उच्चस्तरलाई ध्यानमा राख्दै नागरिकलाई सजग रहन र साँझ र बिहानको समयमा बाहिर ननिस्कन सुझाव दिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ, तर काठमाडौँको वायु एक्यूआई १८४ रहेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार, यदि काठमाडौँको एक्यूआई ३०० भन्दा बढी पुगेमा त्यो विपद्को स्थितिको रूपमा लिइन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे