
काठमाडौं, पुस २२। स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप अभियान २०८१ को घोषणा गरेको छ। यो अभियान २०८१ माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन हुने छ। यस अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नगएका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच।पि।भी। खोप दिइनेछ।
यो खोप अभियानको उद्देश्य पाठेघरको मुखको क्यान्सरको जोखिमलाई कम गर्न र किशोरीहरूलाई यस रोगबाट बचाउनका लागि सुरक्षात्मक उपाय प्रदान गर्नु हो। खोपको पहिलो डोज माघ महिनाको २२ तारिखबाट सुरु हुने र दोस्रो डोज फागुन महिनामा दिइनेछ।
अभियानको सफल कार्यान्वयनका लागि स्थानीय सरकार र विद्यालयहरूको सक्रिय सहयोग आवश्यक छ। यस अभियानले भविष्यमा क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे