
काठमाडौँ, भदौ २९ | आज भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ बाल दिवस मनाइँदैछ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।नेपालले संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि–१९८९ लाई अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ ।
नेपालको संबिधानले बालबालिकाको हकलाइ मौलिक हकको रुपमा आत्मसात गरेको छ । नेपालको संबिधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे