
पाल्पा, १३ भाद्र । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ ।
गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले पुरिएको हो । स्कार्पियोमा सवारमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु ८ जना घाइते भएका छन् ।तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएको हो ।
घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ ।
यस्तै दुर्घटनामा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र पोखरा महानगरपालिका–११ का विनोद तिमिल्सिनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे