
काठमाडौँ, ७ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गर्दै पठाउनुभएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार भारत लगिएको छ ।
उहाँको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबार दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ । अहिले राष्ट्रपतिको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे