
काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति नेकपा माओवादीले आपत्ति जनाएको छ । सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता र संविधान विपरीत भएको ठहर माओवादी गरेको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले आज एक विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष प्रचण्डविरुद्ध रिट दायर गर्न सर्वौच्च अदालतले गरेको निणर्य शान्ती सम्झौता विरुद्ध भएको बताएका हुन् । जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले दाहालमाथि ५ हजार जनाको हत्या गरेको आधार बनाएर कारबाही गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
२०७६ माघ १ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे