• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २८, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भण्डारीलाई सदस्यताबाट हटायो

९ घण्टा अघि
२

गभर्नर पौडेल बर्खास्त गर्न जेनजी युनाइटेडको दबाब, अर्थमन्त्रीलाई ज्ञापनपत्र

१४ घण्टा अघि
३

मन्त्री कुलमान घिसिङको प्रतिबद्धता: पोखरा रङ्गशालामा फ्लडलाइट र स्कोरबोर्ड, अन्तर्राष्ट्रिय खेलका लागि बजेट सुनिश्चित गर्ने

१४ घण्टा अघि
४

एमाले ११औं महाधिवेशनको बन्दसत्र सुरु, नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश

१४ घण्टा अघि
५

प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने

१८ घण्टा अघि
६

एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की

१८ घण्टा अघि
७

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

२ दिन अघि
८

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

२ दिन अघि
९

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

२ दिन अघि
१०

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

२ दिन अघि
११

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

२ दिन अघि
१२

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (२ साल अघि)

टर्कीमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्छ :डब्लूएचओ

  • 2,297 Views
  • एजेन्सी । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ ।

    सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ । पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो ।

    उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् । विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ ।

    यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो ।

    भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन् । भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो ।

    पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो ।

    यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन् । टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ ।

    उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

    “भूकम्प जाँदा दुर्भाग्यवश परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको सङ्ख्याबारे प्रारम्भिक विवरण केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,” युरोपका लागि डब्लूएचओका वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन् ।

    स्मलवुडले हिउँका कारण धेरै मानिसहरू आवासविहीन हुने जोखिमसमेत बढाएको जानकारी दिइन् । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै भूभागका शिविरहरूमा आश्रित छन् ।

    विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन् ।

    ध्वस्त भएका भवनहरू मध्ये गाजीयान्टेप कासल ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो । बीबीसीको मध्यपूर्वस्थित संवाददाता आना फोस्टरले टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयाबाट एक विनाशकारी दृश्यको वर्णन गरिन् ।

    “पानी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन । हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र त्यहाँ अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ,” उनले भनिन् ।

    टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास प्रवाह प्रणालीमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन् ।

    टर्कीका ऊर्जा मन्त्री फातिह डोन्मेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएनन् । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो ।

    सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजन प्रान्तमा भूकम्प जाँदा ३३,००० मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ ।

    टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ। उक्त सङ्गठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सकीय सामग्रीहरू पठाइँदै छ ।

     

    टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस सङ्कटको घडीमा अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरेका छन् र प्रकोपबाट प्रभावित धेरै परिवारहरूलाई ‘पहुँच चुनौतीपूर्ण भएको क्षेत्रमा मानवीय सहायता अत्यावश्यक रहेको’ बताएका छन् ।

    युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ। नेदरल्यान्ड र रोमानियाका उद्धारकर्मीहरू यसअघि नै प्रकोप स्थलतर्फ जाँदै छन् । यूकेले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाउने जनाएको छ ।

    फ्रान्स, जर्मनी, इजरेल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई इरानले जस्तै सहयोगको प्रस्ताव गरेका छन् । ती सहरहरूमा कम्तीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

    टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमन सोलुले प्रारम्भिक रूपमा १० विभिन्न सहर भूकम्पका कारण प्रभावित भएको बताए। ती क्षेत्रका विद्यालयहरू कम्तीमा एक साताको लागि बन्द गरिएका छन् । बीबीसी

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भण्डारीलाई सदस्यताबाट हटायो
    ९ घण्टा अघि

  • २

    गभर्नर पौडेल बर्खास्त गर्न जेनजी युनाइटेडको दबाब, अर्थमन्त्रीलाई ज्ञापनपत्र
    १४ घण्टा अघि

  • ३

    मन्त्री कुलमान घिसिङको प्रतिबद्धता: पोखरा रङ्गशालामा फ्लडलाइट र स्कोरबोर्ड, अन्तर्राष्ट्रिय खेलका लागि बजेट सुनिश्चित गर्ने
    १४ घण्टा अघि

  • ४

    एमाले ११औं महाधिवेशनको बन्दसत्र सुरु, नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश
    १४ घण्टा अघि

  • ५

    प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने
    १८ घण्टा अघि

  • ६

    एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की
    १८ घण्टा अघि

  • ७

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    २ दिन अघि

  • ८

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    २ दिन अघि

  • ९

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    २ दिन अघि

  • १०

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ४

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ५

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ६

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution