
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल हुने मुख्य कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् र राजस्व तथा खर्चको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्ने प्रस्ताव पेश गर्नेछन्।
त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले ‘चलचित्र विधेयक, २०८२’ लाई थप अध्ययनका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन्। साथै, कार्यव्यवस्था परामर्श समितिका नयाँ सदस्यहरूको नाम घोषणा गरिनेछ र ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट समयमै फिर्ता नआएको जानकारी पनि दिइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे