२०८० मंसिर १४, बिहिबार
हाङझाउ , असोज ११ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बङ्लादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भइसकेका छन् ।
वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १ः४५ बजे सुरु भएको हो । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो ।
यस्तै बङ्लादेश पनि पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसँग ६–१ गोलअन्तरले पराजित भएको थियो । रासस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे