२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, असोज १४ । आज आइतवार बसेको मन्त्रिपरिषद बैठकले सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्ने निर्णय गरेको छ। गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।
मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिए ।
छानविन समितिमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको बताइएको छ ।।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे