२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरुले विकास कोष पाउने भएपछि ब्यङ्ग गरेका छन् ।
शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सांसद विकास कोष पाएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको भन्दै ब्यङ्ग गरेका हुन् ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु, ‘शाहले भनेका छन् ।’
सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा खारेज भइसकेको सांसद विकास कोष पुन स्थापना गरेको छ ।
बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयको सर्वत्र विरोध भईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे