२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।बुधबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको हो ।
प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्धा दायर गरेको छ ।उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धि कसुरमा मुद्धा दायर गरेको छ ।घटनामा पूर्व गृहमन्त्री, उपप्रधानमन्त्रि र सचिवसहितका १६ जना पक्राउ परिसकेका छन् । १४ जना फरार रहेका छन् ।
उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, इन्द्रजित राईका छोरा निरज राई,लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे