फेसन स्टाइलिस्ट सोन्या गुरुङको मारवलस मी को दोस्रो सिजन बालुवाटार स्थित रोयल एम्पायर बुटिक होटलमा सम्पन्न गरिने भएकोछ भने कुनै पनि प्रतिसिपर्धीहरुलाई खुल्ला रुपले समावेश गरिने यस सो मा रङ, लिङ्ग, जात, हाइट, तौलको मुल्याङ्कनमा नभईव्यक्ति विशेषमा रहेको विशेषताको आधारमा प्रतिस्पर्धी छनोट गरिने मारवलस मी को सञ्चालक मध्ये आयोजकका एकजनाले बताउनुभयो।
मारवलस मी (राम्रो म) भन्ने अर्थमा बुझिन्छ भने, सबै व्यक्ति विशेषहरुमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ। यो प्रतियोगिताबाट उनीहरुका लुकेका प्रतिभालाई विशेष रुपले दर्शक माझ प्रस्तुत गर्ने तयारि रहेको भोग लस्ट प्रा.लि. की अध्यक्ष र मार्वलस मी कार्यक्रम संयोजक सिईओ फेसन स्टाइलिस्ट सोन्या गुरुङले बताउनुभयो। यो कार्यक्रममा प्रतिस्पर्धीहरुलाई २० दिनको प्रशिक्षणमा बिभिन्न किसिमकोक्रियाकलापहरु गराई उनीहरु भित्र लुकेका प्रतिभाको खोजी गर्ने गरी विभिन्न अनुसन्धानत्मक कार्यक्रमहरु गरि प्रतिभा पहिचान गरि दर्शकमाझ प्रेसित गर्ने कार्यक्रम रहेको छन्।
यो कार्यक्रमको मुल्याङ्कन समितीमा ऱ्यापर हाकिम (सुरेन्द्र) गुरुङ लगायतको समिति रहेको छ भने सो कार्यक्रमलाई पूर्ण व्यवस्तित गर्नका लागि नेपालसरकारको कोभिड-१९ को मापदण्ड पालना गर्ने गरी ५१ सदस्य समिति गठन गर्ने गरि कार्यक्रम गरिन लागेको कुरा आयोजकले बताए।