२०८० मंसिर १७, आईतबार
काठमाडौँ , ११ जेठ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एउटै विषयमा पटक पटक दुख दिएर इरिटेड गराएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् ,”अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ “।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे