२०८० आश्विन १७, बुधबार
काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसबाहेक बैठकले जिल्लाका १३ वटै स्थानीय तहलाई कोभिड नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरू परिपालनामा कडाइ गर्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे