२०८० आश्विन १७, बुधबार
काठमाडाैँ । साताको पहिलो दिन आइतबार एक सय ७ अंकभन्दा बढीले घटेको पुँजी बजार परिसूचक ‘नेप्से’ सोमबार एक सय ६१.९४ अंकले बढेको छ जसले चाहुरिएकाे अनुहारमा हाँसाे थपेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २ हजार ९ सय ८०.७८ विन्दुमा पुगेको छ । नेप्से एकै दिन ५.७४ प्रतिशतले बढेको हो । विकास बैंक, जलविधुत् र फाइनान्स उपसमूहको सूचक ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
४२ वटा कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढेको छ । अन्य दर्जन बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
सोमबार नेप्सेसहित सबै उपसमूहको सूचक बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँ बराबरको एक करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर खरिद विक्री भएको छ भने एक लाख ९ हजार एक सय ८२ वटा कारोबार भएका छन् ।
अरुणभ्याली हाइड्रो पावर, नेसनल हाइड्रोपावर, नेपाल बैंक, अपी हाइड्रो पावर, अपर तामाकोशीका सेयर सबैभन्दा धेरै संख्यामा खरिद विक्री भएका छन् । सिद्धार्थ बैंक, महालक्ष्मी विकाश बैंक, युनाइटेड मोदी हाइड्रो पावर पनि धेरै सेयर विक्री भएका कम्पनीमा परेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे