२०८० आश्विन १४, आईतबार
काठमाडौँ , ३ जेठ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलागेको बताएका छन् । बुधबार मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई हावा न चावा पार्टीको संज्ञा दिएका छन् ।
उनले भने, ‘देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको पार्टी नेपाली काँग्रेस किं कर्तव्य विमुख भयो भोलि उठी कहाँ जाने केही थाहै छैन भनेजस्तो ’ ।
उनले अब देश बनाउने अभिभारा नेकपा एमालेको भएको तर सत्ता गठनका लागि नेकपा एमाले कहिल्यै कसैसँग नमिल्ने दाबी समेत गरे।अहिलेको सरकार कसरी सत्ता जोगाउने भन्नेमा मात्र लागेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे