२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जाने भएका छन्।
संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा सडक अवरोध हुने र नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको हो।
उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने जनाएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएसँगै सवारी भन्दै सडक खाली गराएरै हिँड्ने परम्परालाई राष्ट्रपति पौडेलले सच्याउँदै आएका छन्। यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादवको पालामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा र अन्य सरकारी कार्यक्रममा सहभागी हुँदा सडक जाम गरिएको र नागरिकले सास्ती पाएको भन्दै चर्को आलोचना हुने गरेको थियो।
तर, सुरक्षा निकायले भने अतिविशिष्टहरुको सुरक्षा प्रोटोकलका कारण सडक खाली गराउने गरिएको दाबी गर्दै आएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिमा निर्वाचित भए पछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे