२०८० आश्विन १४, आईतबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परमादेश सरकारले जयसिंह धामी बारे भारतलाई केही पनि भनेकोमा त्यसमा बिरोध गर्नुभएको छ ।भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया हिजो दिएको थियो ।
मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताएका थिए । ‘हामीले पनि मिडिया रिपोर्टसमा देख्यौं । तर हामीसँग यस्तो कुनै खबर आएको छैन । विस्तृत विवरण आएको छैन । औपचारिक रुपमा केही आएको छैन । नेपालको आन्तरिक छानविन प्रतिवेदनबारे हामीलाई कुनै जानकारी छैन । अरु कुनै खबर छैन, अरिन्दम बाग्चीले बताएपछि पूर्वमन्त्री बाँस्कोटाको सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।
बाँस्कोटाको ट्विट
‘शायद परराष्ट्र सम्बन्ध सन्तुलीत र सुमधुर बनाउन होला परमादेश सरकारले जयसिंह धामी बारे भारतलाई केही पनि भनेको रहेन छ।कम्फरटेबल ईज कम्फरटेबल।जनादेश र परमादेशको फरक थाहा भो होला नि अव त ? ती सबैलाई जो– भ्रममा थिए।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे