२०८० मंसिर १४, बिहिबार
काठमाडौं, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आयल निगम घाटामा छ भने बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वचलित मूल्य भए आयल निगमले मूल्य घट्दा दुई दिनसम्म किन घटाउँदैन भन्दै प्रश्न गरे ।
‘प्रधानमन्त्री भ्रमण गरेर मुड फ्रेस गराएर आउनुभयो । आउँदा आउँदै जनताको मुड अफ गराउनुभयो । फेरि मूल्य वृद्धि फिर्ता लिने कुराले मुड फ्रेस बनाउनु भएकोमा धन्यवाद छ,’ उनले भने, ‘आयल नियम व्यापार गर्छ, बोनस बाढ्छ, अनि घाटामा छु भन्छ । स्वचालित मूल्यबाट चल्ने भए मूल्य घटेको बेला यसले दुई दिनसम्म मूल्य घटाउँदैन किन ?’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे