२०८० आश्विन १७, बुधबार
काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकू शिविर घोटालामा दोषी देखिए जेल जान तयार रहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले दोषी देखिए जेल जान तयार रहेको बताएका हुन्।
सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘क्यान्टोनमेन्ट घोटालामा दोषी देखिए जेल जान तयार छु।’
प्रचण्डले शिविरमा घोटाला भयो भन्नु गलत भएको दाबी गर्दै यदि कसैले छानबिनको माग गरेमा छानबिन गर्न सरकार तयार रहेको बताउनुभयो ।
उहाँले लडाकु शिविरमा घोटाला भयो भन्नु राजनीतिक पूर्वाग्रह भएको पनि दाबी गर्नुभयो ।
माओवादी लडाकूको शिविरमा घोटाला भएको आरोप लाग्दै आएको छ। यस सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे