२०८० मंसिर १४, बिहिबार
काठमाडौं, १४ असोज । कपिलवस्तुमा साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।कपिलवस्तु प्रहरीका अनुसार लु. २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको छ ।
रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे