२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १९ कार्तिक । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । किर्तिपुस्थित त्रिवि क्र्रिकेट मैदानमा भएको खेलमा नेपालले ६ विकेट गुमाएर १८४ रन बनाएको हो।
खेलमा कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धशतक पुरा गरेका छन्। पौडेलले उनले ३७ बलमा ५२ रन बनाएर अर्धशतक पुरा गरेका हुन् त्यस्तै, गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।
करण केसीले ६ बलमा २० रन बनाए। यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए।
ओमानका लागि बिलाल खानले तीन विकेट लिए। अकिब इलियसले दुई विकेट तथा जिसन मक्सुदले एक विकेट लिए । नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे